राजश्व ठगीमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा

काठमाडौं– राजश्व अनुसन्धान विभागले मूल्य अधिवृद्धि कर (भ्याट) को नक्कली विजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैँया बराबरको झुट्टा विजक जारी गरेको आरोपमा काठमाडौँ सीतापाइलास्थित पद्म कोलनीमा बस्ने रामकिशोर प्रसादसहित २८ जनाविरुद्ध मुद्दा दायर गरेको हो । प्रसादको कम्पनी मोहन ट्रेड इन्टरनेशनलसहित अन्य २६ व्यावसायिक फर्मले एक आपसमा मिलेर आर्थिक अवस्था कमजोर भएका मजदुरलगायतका व्यक्तिको नाममा फर्म दर्ता गरी सञ्चालन गरेको र गलत प्रयोजनाका लागि बैंक खातासमेत खोलेको पाइएको छ ।

आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ सम्म उनीहरुले झुट्टा तथा नक्कली विक्री विजक जारी गरी भ्याट छली गरेको पाइएको विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.