ताजा जनादेशमा जानु प्रतिगमन होइन : मन्त्री ज्ञवाली
पाल्पा- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकार ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताउनुभएको छ ।
पाल्पाको जिल्लास्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्न आयोजित कार्यक्रममा उहाँले आगामी वैशाखमा निर्वाचन गरी देश र जनताको अधिकारको सुनिश्चित गरिने बताउनुभयो ।
“सरकारले रणनीतिक योजना बनाउने काम मात्र गरेको छैन”, भन्दै उहाँले जनताको मसिना–मसिना काम पनि गरेको तर पार्टीका नेताले सरकारले केही पनि गरेन भनेर आरोप लगाउनु गलत भएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्