दुर्गम गाउँ अन्नपूर्णमा प्राविधिक शिक्षालय

कास्की- कास्कीको दुर्गम मानिने अन्नपूर्ण गाउँपालिकामा प्राविधिक शिक्षा सम्बन्धी अध्ययन सुरु भएको छ ।

प्राविधिक शिक्षा सिक्नकै लागि महङ्गो शुल्क तिरेर पोखरा, काठमाण्डौं लगायतका शहर झनुपर्ने यहाँका स्थानीयको बाध्यता प्राविधिक शिक्षालय खुलेसँगै अन्त्य भएको छ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् मार्फत अन्नपूर्ण बहुप्राविधिक शिक्षालय स्थापना गरी चालु शैक्षिक सत्रदेखि ३ वर्षे डिप्लोमा अन्तर्गत बालीविज्ञान तर्फको पढाइ शुरु भएको हो । जसमा अहिले ४०  जना विद्यार्थी अध्ययनरत छन्।

यो शिक्षालयमा अधिकांश अन्नपूर्ण गाउँपालिकाका र केही छिमेकी जिल्ला बाग्लुङ, पर्वत र स्याङ्जाका विद्यार्थी अध्ययनरत रहेको शिक्षालय प्रमुख मोतिमाया सुवेदीले जानकारी दिनुभयो ।

बालीविज्ञानपछि क्रमश जीव विज्ञान, पर्यटन, होटल म्यानेजमेन्ट, वनविज्ञान, इञ्जिनियरिङतर्फको पढाइ पनि शुरु गरिने उहाँले बताउनुभयो ।

शिक्षालय स्थापनासँगै स्थानीयबासी खुशी देखिन्छन् ।आफ्नै घरको रोटो पिठो खाएर छोराछोरीलाई प्राविधिक शिक्षा पढाउन पाउँदा निकै आनन्द लागेको अन्नपूर्ण- १ का सूर्य परियारको भनाइ छ ।

हाल शिक्षालयलाई अस्थाई रुपमा अन्नपूर्ण-२ स्थित माछापुच्छ्रे माविको खाली भवनमा संचालन गरिएको छ । त्यस्तै स्थायी संरचना निर्माणका लागि अन्नपूर्ण-३ स्थित काउनडाँडामा जग्गाको खोजी पनि भइसकेको छ।

शिक्षालयमा गाउँपालिकाले प्रत्येक वडाबाट छात्रवृत्तीमा विद्यार्थी पढ्ने व्यवस्था पनि मिलाएको शिक्षा अधिकृत बलराम भुगाईले जनाउनुभयो ।

अन्नपूर्ण बहुप्राविधिक शिक्षालयले गत वर्षको असोज ८ गते प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट स्विकृती पाएको थियो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.