कतारका अमिर नाकाबन्दी हटाउने सम्झौता गर्न साउदी अरब
दोहा– तीन वर्षदेखि छिमेकी देशहरुको नाकाबन्दी सामना गरिरहेको देश कतारका अमिर नाकाबन्दी हटाउने सम्झौता गर्न साउदी अरब पुग्नुभएको छ ।
अरबी नेताहरुको शिखर बैठकमा नाकाबन्दी हटाउने सम्झौता गरिंदैछ । कतारका अमिर तमीम बिन हमाद अल थानी आफ्नो देशको विमानस्थलमा अवतरण गरेको दृश्य साउदी टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । साउदी राष्ट्राध्यक्षको काम गरिरहेका युवराज मोहम्मद बिन सलमानले साउदी मरुभूमिस्थित विमानस्थल अल उलामा कतारी अमिर थानीलाई अंगालो हालेर स्वागत गर्नुभएको थियो ।
इरानसँग तनाव बढिरहेको अवस्थामा अरबी देशहरुबाट इरानलाई एक्ल्याउन आपसमा एकता गर्नका लागि अमेरिकाले जोडबल गरेकोले कतारविरुद्धको नाकाबन्दी हटाउन कतारका छिमेकीहरु तयार भएको बिबिसीले उल्लेख गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्