आर्थिक मामिलामन्त्री बोहराबाट राजीनामा

धनगढी- सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो राजीनामाको घोषणा गर्नुभयो ।
विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषदमा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उहाँले स्पष्ट गर्नुभयो । उहाँ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्