बागमती सफाइ महाअभियानको ३ सय ९९ सय हप्ता पूरा
काठमाडौं– बागमती सफाइ महाअभियानले ३ सय ९९ सय हप्ता पूरा गरेको छ ।
सरकार तथा नागरिकस्तरबाट थालिएको महाअभियानमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले समेत हरेक शनिबार बागमती नदीका विभिन्न स्थानमा सफाइ गर्दै आइरहेका छन् । पूर्व मुख्यसचिव लिलामणि पौडेलको नेतृत्वमा २०७० साल जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरु भएको थियो । दुर्गन्धित बनेको बागमती सफाइ महाअभियानबाट सफा बन्दै गइरहेको छ ।
अभियानकै क्रममा हाल बागमती नदीका किनारमा विभिन्न संघसंस्थाको पहलमा ३० भन्दाबढी बगैँचा निर्माण पनि भएका छन् । हाल सम्म करिब २० हजार टन फोहर नदीबाट निकाली ब्यबस्थापन गरिएको र अभियानमा करिब १० लाख भन्दा बढीको सहभागिता रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
त्यसबखत अभियानका प्रमुख अभियन्ता एव नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणी पौड्यालले काठमाडौंका नदीहरुमा ढल बिच्छ्याउने कार्य समयमै सम्पन्न भए बागमती धैरै सफा हुने बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्