विद्यार्थीको हत्यापछि गोलबजारमा तनाब

सिरहा-सिरहास्थित गोलबजार नगरपालिका वडा नं. ६ डोहटियाका १७ वर्षीय आनन्द सिंहको शव एक दिन पछाडि हिजो ईंट्टा भट्टा नजिक खेतमा फेला परेको छ । शव फेला परेपछि हत्या गरिएको भन्दै आफन्तहरु आन्दोलित भएका छन् ।

स्थानीय एक युवतिको प्रेममा परेका मृतक सिंहलाई केटीको परिवारबाट हत्या गरिएको हुनसक्ने परिवारजनले आशंका छ ।

हत्यारालाई कारवाही नहुन्जेलसम्म शव उठाउन नदिने भन्दै आन्दोलनमा उत्रिएका परिवारजन तथा आफन्तहरु र प्रहरीबीच केही बेर घम्साघम्सीसमेत भएको थियो ।

सृजना सेकेण्डरी इङ्लिश बोर्डिङ स्कूल गोलबजार- ६ मा कक्षा १० मा अध्ययनरत उनी मंगलबार परीक्षा दिएर नआएपछि परिवारका सदस्यहरुले प्रहरीमा जानकारी गराएका थिए । जानकारी गराएको २४ घण्टापछि शव फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय गोलबजारले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । मृतकको शव पोष्ट मार्टमको लागि लहान अस्पतालमा राखिएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.