प्रधानमन्त्रीद्वारा धनगढीको आमसभामा सम्बोधनः संसद विघटन संविधान अनुसार नै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान बमोजिम नै संसद विघटन सिफारिस गरेको बताउनुभएको छ । उहाँले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गर्नुभयो ।
नेकपा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले धनगढीमा शुक्रबार भएकोमा आमसलाई सम्बोधन गर्दै भन्नुभयो, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला चलाइरहेकाहरुलाई एक पटक संविधान पढ्न आग्रह गर्न चाहन्छु ।’
प्रधानमन्त्रीले तोकिएको समयमा नै प्रतिनिधि सभाको निर्वाचन हुने प्रष्ट पार्नुभयो ।
आफूले चुनाव लडेर तत्कालिन नेकपा एमालेको अध्यक्ष भएको स्मरण गराउँदै छलछाम गरेर अध्यक्ष नभएको उल्लेख गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्