सुरक्षित सुत्केरीका लागि महिलाहरुलाई गाउँपालिकाको निम्तो

हुम्ला- सुरक्षित सुत्केरीका लागि खार्पुनाथ गाँउपालिकाले गर्भवति भएका महिलाहरुलाई (निम्तो ) निमान्त्रणा पत्र दिएको छ । स्वास्थ्य संस्था र जिल्ला अस्पतालमा सुत्केरी गराउँदा गर्भवति महिला र नवजात शिशुको स्वस्थ र सुरक्षित हुने भन्दै निम्तो पत्र दिएको हो ।

खार्पुनाथ स्वास्थ्य शाखा कार्यालयले गाउँघरमै सुत्केरी गराउँदा आमा र बच्चाको स्वास्थ्य असुरक्षित हुने भन्दै स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीले जानकारी दिनुभयो ।

स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने गर्भवति महिलालाई ३ हजार यातायात खर्च र नियमानुसार स्वास्थ्यचौकी आएर ४ पटक चेकजाँच गरेपछि थप ८ सय पाउने र नवजात शिशुलाई न्यानो झोला र लुगा दिने स्वास्थ्य संयोजक शाहीले बताउनुभयो ।

पछिल्ला समय स्वास्थ्यचौकी आएर १ सय १ जनाले गर्भवती सुत्केरीले सुरक्षित सुत्केरी भएको स्वास्थ्य संयोजक शाहीको भनाई छ । सुत्केरी तथा गर्भवति महिलाहरुलाई निम्तो पत्र दिने जिल्लाको पहिलो अभ्यास खार्पुनाथ गाउँपालिकाले गरेको छ ।

सुरुका वर्षहरुमा गाउँघरमै सुत्केरी हुने यहाँका महिलाहरु हाल गाउँपालिकाले स्वास्थ्यचौकी आएर सुरक्षित रुपमा सुत्केरी हुने निम्तो पठाएपछि स्वास्थ्यचौकी गर्भवति हुनेको संख्या बढेको छ ।

गाउँपालिका अन्तरगत स्वास्थ्य शाखा कार्यालयले स्वास्थ्यचौकी आएर सुरक्षित सुत्केरी हुन आउने निम्तो दिन थालेपछि अघिल्ला वर्षको तुलनामा हाल वृद्धि भएको स्वास्थ्य शाखाले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.