सबैभन्दा ठूलो सिमेन्ट उद्योगको काम पुन: संचालनमा

धादिङ- कोरोना संक्रमणका कारण निर्माणको काम ठप्प भएको ह्वासिन सिमेन्ट उद्योगको कामले पुनः गति लिन थालेको छ ।

चिनियाँ कामदारहरु केही दिन अघि नेपाल आएपछि अहिले निर्माणको कामले गति लिन थालेको हो ।

मुलुककै सबैभन्दा ठुलो निर्माणधीन सिमेन्ट उद्योगको काम निर्माणमा संलग्न कामदारहरु कोरोनाको खोप लागउन भन्दै चीन फर्केपछि काम ठप्प भएको थियो।

कम्पनीले निर्माण सुरु गरेको एक वर्षमा सिमेन्टको उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेपनि कोरोनाका कारण काममा ढिलाइ भएको थियो ।

दक्षिणी धादिङको बेनिघाट रोराङ्ग गाउँपालिकास्थित ताल्तिमा निर्माण सुरु भएको ह्वासिन सिमेन्ट उद्योगको निर्माणको कामसँगै अब कच्चा पदार्थ संकलनका लागि खानीहरु समेत उत्खनन् गर्ने कार्य सुरु भएको छ ।

उद्योगलाई चाहिने अवाश्यक कच्चा पदार्थ संकलनका लागि खानी उत्खनन् गर्न सरोकारवाला पक्षहरुसँग बसी उद्योगले छलफल समेत गरिसकेको छ ।

उद्योगलाई आवाश्यक पर्ने चुन ढुङ्गा उत्खनन् गर्दा गर्नुपर्ने प्ररम्भिक वाताबरणीय परिक्षणको लागि त्यसवाट आइपर्ने समस्या र त्यसको समाधानका बारेमा स्थानीयहरुसँग सार्वजनियक सुनुवाई गरिएको छ ।

वाताबरणीय प्रभाव मुल्याङ्कनको  विषयमा पनि सार्वजनिक सुनुवाइ भएको छ । निर्माणाधीन सिमेन्ट उद्योग चीनियाँ र नेपालीको संयुक्त लगानीमा सुरु भएको मुलुककै सबैभन्दा पहिलो र ठुलो कम्पनी भएको संचालकहरुको दावी छ ।

कोरोना महामारी अघि दैनिक एक हजार दुई सय जनाले निर्माणको काम गरिरहेको यो सिमेन्ट उद्योगमा अहिले पचास जना मात्र चीनियाँ कामदार काममा फर्केका छन ।

१७ अर्वको लगानीमा निर्माण सुरु गरिएको यस उद्योगले दैनिक तीन हजार मेट्रिक टन अर्थात् ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ । योसँगै बजारमा सिमेन्टको मुल्यमा पनि केही कमी आउने उद्योग संचालकहरुको दावी छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.