प्राचिन कपिलवस्तुको तिलौराकोट दरबारमा सरसफाइ

कपिलवस्तु- प्राचिन कपिलवस्तुको तिलौराकोट दरबारमा बृहत सरसफाई अभियान संचालन गरिएको छ । लुम्बिनी विकास कोष र सेनाको संयुक्त टोलीले तिलौराकोट दरबारमा अभियान संचालन गरेको हो ।

फोहर र झारपातले कुरुप बन्दै गएपछि सरसफाइ अभियान संचानल गरिएको कोषले जनाएको छ ।

तिलौराकोट दरबार क्षेत्रमा झाडी बढेपछि उत्खनन् गरिएको क्षेत्रसम्म जान र हेर्न पर्यटकले सास्ती भोग्दै आएका थिए ।

श्री नारायण दल गण गोरुसिगेंका सेनानी गोबिन्द कुमार थापाको नेतृत्वमा नेपाली सेनाको १ सय भन्दा बढि जनाको संयुक्त टोली तथा कोषका कर्मचारीहरुले दरबारको मुख्य क्षेत्रमा सरसफाई गरेका थिए ।

तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रस्तावित गरिएको स्थान समेत हो । अन्तर्राष्ट्रिय महत्व बोकेको यस स्थानमा सरसफाई नहुँदा यहाँ आउने पर्यटकहरु निराश हुने गरेका स्थानीयहरुको अनुभव छ ।

अन्तर्राष्ट्रिय तथा पुरातात्विक महत्वको उक्त दरबार क्षेत्रलाई पूर्ण सफा गर्न सेनाको योगदान महत्वपूर्ण भएको लुम्बिनी बिकास कोष सम्पर्क कार्यालय कपिलबस्तुका प्रमुख माधव आचार्यले  बताउनु भयो । प्रमुख आचार्यले विश्व बौद्ध दर्शनको महत्वपूर्ण क्षेत्रको विकासमा सबैको साथ आवश्यक रहेको बताउनु भयो ।

सरसफाई पछि दरबार क्षेत्र पुन: सुन्दर बन्ने र पर्यटकलाई उत्खनन् गरिएको क्षेत्र अवलोकनमा सहज हुने सेनानी गोबिन्द कुमार थापाले जानकारी दिनु भयो ।

तिलौराकोटमा बेलायतको एउटा विश्वबिद्यालय र पुरातत्व बिभागको टोलीले बिगत ५ बर्षदेखि उत्खनन र अनुसन्धानको काम अघि बढाउँदै आएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.