२४ घण्टामा ४४५ जना कोरोना संक्रमित

काठमाडौं– नेपालमा आज थप ४४५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४१५४ जनाको गरिएको पीसीआर परीक्षणमा ४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५९ हजार ७ सय ७२ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ६ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १९३७ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा २४६ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.