बाक्लो हुस्सु र कुहिरोका कारण देशका कतिपय ठाउँमा हवाई सेवा प्रभावित
![](https://nepaltvonline.com/wp-content/uploads/2021/01/morang-airport.jpg)
मोरङ- केही दिनयता बाक्लो हुस्सु र कुहिरोका कारण देशका कतिपय ठाउँमा हवाई सेवाहरु प्रभावित भएका छन् । विमानस्थल खुल्दै नखुल्ने मात्र होइन ढिलो खुल्ने र छिटो बन्द हुनाले समेत हवाई उडानहरु अवरुद्ध हुने गरेका हुन् ।
मौसमका कारण प्लेन रद्द भएपछि अहिले हवाई यात्रुहरु सडक यात्रा रोज्न बाध्य भएका छन् । मौसम कै कारण हिजो पनि यस मौसमको दोश्रो चोटी विराटनगर विमानस्थल नखुल्दा सबै हवाई उडान र अवतरण रद्द भएको छ ।
मौसमका कारण यस वर्षसोमवार पहिलो पटक सबै हवाई उडान अवरुद्ध भएको थियो । सुरक्षित हवाई उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिन्छ ।
तर हिजो भिजिबिलिटी ७ सय मिटर र सिलिङ १ हजार ५ सय मिटर मात्र रहेकेा यति एयरलाइन्सका स्टेशन मेनेजर प्रेम कुँवरले जानकारी दिनुभयो ।-
प्रतिक्रिया राख्नुहोस्