प्रतिनिधि सभा विघटन मुद्दामा आजपनि संवैधानिक इजलासमा बहस सुरु
काठमाडौं- प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आजपनि संवैधानिक इजलासमा बहस शुरु भएको छ ।
हिजो सुनुवाई हेर्दाहेर्दैमा राखी आज फेरि बहस तोकिएको थियो ।
गत पुस ११ देखि सर्वाेच्च अदालत, संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि हिजोदेखि विषयवस्तुमा प्रवेश गरेर बहस शुरु भएको हो ।।
प्रतिक्रिया राख्नुहोस्