हुम्लामा सहुलियत उडान सुरु भएपछि स्थानीयलाई राहत
हुम्ला- राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि सहुलियत उडान हुन थालेका छन् । कोभिड–१९ को संक्रमणको जोखिमले रोकिएका सबै निजी क्षेत्रका एयरलाइन्सहरुले सहुलियत उडान भर्न थालेका हुन ।
कोरोनापछि बन्द भएका उडानहरु हाल निजी क्षेत्रका एयरलाइन्सहरुले सहुलियत दरमा भर्ने थालेपछि सहज भएको स्थानीयको भनाइ छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडान भर्दै आएका सीता,तारा,र नेपाल एयरलाइन्सले सहुलियत उडान पुन: सुरु गरेको जानकारी कार्गो व्यवसायी विष्णु रावतले दिनुभयो ।
न्युन आयश्रोत भएका व्यक्तिलाई लक्षित गरी एयरलाइन्सहरुले सहुलियत उडान भर्न थालेको रावतले बताउनुभयो ।
नेपालगञ्जबाट सिमकोट उडानका लागि चार्टर भाडादर महँगो भएपछि सहुलियत उडानले हुम्लाबासीलाई राहत पुगेको छ ।
सहुुलियत उडानको भाडादर सीता एयरको ६ हजार, समिट एयरको ६ हजार ७ सय, तारा एयरले ६ हजार र नेपाल एयरलाइन्सले ५ हजार ९ सय ७५ रुपैँया तोकेका छन । सबै एयरलाइन्सले हप्तामा एक/एक वटा उडान भर्ने जानकारी दिएका छन ।।
प्रतिक्रिया राख्नुहोस्