जो बाइडनको आज औपचारिक सपथ ग्रहण हुँदै
विश्वकै महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याटिक पार्टीका जो बाइडनले आज औपचारिक रुपमा राष्ट्रपतिको सपथ लिदै हुनुहुन्छ ।
गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी हुनुभएका बाइडनको नेपाली समय अनुसार आज राति सवा १० बजे सपथ ग्रहण कार्यक्रमको शुरुवात हुनेछ ।
अमेरिकी कानुन अनुसार जनवरी २० मा सपथ ग्रहण गरी पदभार ग्रहण गर्ने परम्परा अनुसार बाइडन ४६ औं राष्ट्रपतिका रुपमा आजै ह्वाइट हाउस प्रवेश गर्नुहुनेछ ।
अमेरिकी राष्ट्रपतिका रुपमा बाइडनको चार वर्षे कार्यकाल औपचारिक रुपमा आजै शुरु हुनेछ । पदभार ग्रहण समारोह अमेरिकाको राजधानी वासिङ्टन डिसीमा आयोजना हुन्छ । सो समारोहमा राष्ट्रपतिमा निर्वाचित जो बाइडनले पदको सपथ बाचन गर्नुहुनेछ ।
संविधानको रक्षा गर्ने प्रतिबद्धता जनाइएको सपथ लिएपछि जो बाइडन औपचारिक रुपमा अमेरिकाको ४६ औँ राष्ट्रपति बन्नु हुनेछ । सोही समारोहमा कमला ह्यारिसले पनि शपथ लिने बित्तिकै उपराष्ट्रपति बन्नुहुनेछ । साधारणतया राष्ट्रपतिभन्दा पहिला उपराष्ट्रपतिले शपथ लिने चलन छ ।-
प्रतिक्रिया राख्नुहोस्