देशभरी चिसो महसुस

काठमाडौं– मौसममा भएको परिवर्तनसँगै देशभरी चिसो महसुस गरिएको छ । उच्च हिमाली भेगमा हिउँ परेको छ भने तराई क्षेत्रमा शीतलहर र हुस्सु लागेकाले जनजीवन प्रभावित भएको छ ।

अत्याधिक चिसोको कारण कतिपय ठाउहरुमा मानिसहरुलाई दैनिक काममा जान समेत गाह्रो परिरहेको छ। चिसोबाट जोगिन मानिसहरुले आगो ताप्ने क्रममा देशका विभिन्न जिल्लामा भएका घटनाहरुमा जनधनको क्षति भइरहेकोले सावधानी अपनाउन गृह मन्त्रालयले आग्रह गरेको छ।

झ्याल ढोका थुनेर आगो बाल्दा निसास्सिएर मानिसको ज्यान जान सक्ने घटनाहरू समेत हुने भएकोले त्यसतर्फ ध्यान दिन आग्रह गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.