प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ शुरु
काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा आज छैटौँ दिन पनि सुनुवाइ जारी छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनको राजपत्रमा प्रकाशित भएको सूचना पेश भएको छ । महान्याधीवक्ता अग्नि खरेलले प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना पेश गर्नु भएको हो ।
हिजो सुनुवाइ हुँदाहुँदै समय अभावका कारण हेर्दाहेर्दैमा राखी आजका लागि सुनुवाइ तय गरिएको थियो।
पाँचौँ दिन हिजो तीन रिट निवेदकसहित सात जनाले बहस गर्नुभयो ।
रिट निवेदक कञ्चनकृष्ण न्यौपानेका तर्फबाट अधिवक्ता ओमप्रकाश अर्यालले बहस गर्दै मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने निर्णय अहिलेसम्म राजपत्रमा प्रकाशित नभएको बताउनुभयो ।
गत पुस ११ गतेदेखि सर्वाेच्च अदालत, संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्