निराश हुनुपर्दैन, ताजा जनादेशसँगै मुलुक समृद्ध बन्छ : मन्त्री गुरुङ

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान राजनीतिक अवस्थादेखि निरास नहुन आम जनतालाई अपिल गर्नुभएको छ । क्यापिटल इन्टरटेनमेन्टद्वारा यहाँ आज आयोजित ‘सातौँ नेशनल क्यापिल अवार्ड–२०७७’ कार्यक्रममा अवार्ड प्रदान गर्दै सरकारका प्रवक्ता रहनुभएका मन्त्री गुरुङले ताजा जनादेशसँगै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “वर्तमान राजनीतिबाट कति पनि निरास नहुनुहोस्, ताजा जनादेशपछि मुलुक सहि दिशातर्फ अगाडि बढ्नेछ, समृद्ध राष्ट्र निर्माण हुनेछ ।” उहाँले विश्वव्यापी फैलिएको कोरोना भाइरससँग रहनुपर्नेमा जोड दिँदै त्यसबाट निराश नहुन आग्रह गर्नुभयो । मन्त्री गुरुङले नेपाली कला, साहित्य र संस्कृतिले मुलुक निर्माणमा पु¥याएको योगदानको चर्चा गर्दै त्यस क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सरकारले छिट्टै सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कला साहित्यको क्षेत्रले समाजमा पु¥याएको योगदानको सरकारले कदर गर्ने छ, समृद्ध नेपाल निर्माणमा यो क्षेत्रको भूमिका अझै महत्वपूर्ण हुनेछ ।”

कार्यक्रममा गीतकार उन्नति शीला बोहरालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । त्यसैगरी पत्रकारद्वय दिनेश थापा र शान्तिप्रिय, गीतकार युवराज अधिकारी, भीष्मराज फुलारा, प्रतिमा गुरुङ, मीना सुब्बा, सुरेन्द्र महर्जन, सङ्गीतकार सन्तोष श्रेष्ठ र गायक छिरिङ भुटियालाई सम्मान गरिएको छ । त्यसैगरी ३७ विधामा ४५ सर्वोत्कृष्ट गायक/गायिका, सङ्गीतकार र सर्वोत्कृष्ट मोडललाई अवार्ड प्रदान गरिएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति शम्भुजित बाँस्कोटाले वर्तमान समयमा देशले कला साहित्य क्षेत्रको साथ खोजेको बताउँदै एकीकृत रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.