प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा आज पनि सुनुवाइ जारी

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा आज पनि सुनुवाइ जारी छ ।

बहसका क्रममा हिजो समय अभावका कारण हेर्दाहेर्दैमा राखी आजका लागि तय गरिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा हिजो आठौँ दिनमा वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता मेघराज पोखरेलले बहस गर्नुभएको थियो। अहिलेसम्म रिट निवेदकका तर्फबाट ४३ भन्दा धेरै कानून व्यवसायीले बहस गरिसेकेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.