पुनःनिर्माण प्राधिकरणका सबइञ्जिनीयरविरुद्ध आरोपपत्र दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपछिको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम मागेको अभियोगमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सबइञ्जिनीयर सुरेन्द्र अधिकारीविरुद्ध आरोपपत्र दायर गरेको छ ।

आयोगले तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) अन्तर्गत कार्यरत सब–इञ्जिनीयर अधिकारीले निकासा दिलाइदिएवापत रु एक लाख ५० हजार अतिरिक्त रकम लिएको आरोप लगाएको छ । सेवाग्राहीसँग अतिरिक्त रकम मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले निजलाई अतिरिक्त रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

निज सव–इञ्जिनीयर अधिकारीले विद्यालयको शौचालय निर्माण सम्पन्न भएपश्चात् अन्तिम किस्ता निकासा गरी दिएवापत सेवाग्राहीसँग घुस लिएको आयोगले आरोप लगाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.