दाहाल र नेपाललाई पार्टीमा फर्कन उपप्रधानमन्त्री पोखरेलको आग्रह

उदयपुर- उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता ईश्वर पोखरेलले नेकपा औपचारिक ढंगले फुटिनसकेको बताउनु भएको छ ।

प्रेस संगठनद्वारा उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले सो कुरा बताउनु भएको हो ।

उदयपुरको कटारीमा आयोजित जनसभालाई सम्बोधन गर्न आउनु भएका उपप्रधानमन्त्री पोखरेलले निर्वाचन आयोगको पछिल्लो निर्णयले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेललाई चिन्ने भएकाले अहिलेसम्म नेकपा एक रहेको ठोकुवा गर्नुभयो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई पार्टीमा फर्कन आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगको फैसला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को फुटविरुद्ध रहेकाले दाहाल र नेपालले प्रधानमन्त्रीमाथिको आरोपपत्र फिर्ता लिएर चुनावमा सहभागि भए पार्टी थप मजवुत हुने नेता पोखरेलको भनाइ थियो ।।

भिडियो अपलोड गरेको छु

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.