विश्वमा कोरोना संक्रमित १० करोड नाघे

काठमाडौं– विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १० करोड नाघेको छ ।

संक्रमणकै कारण विश्वभर मृत्यु हुनेको संख्या पनि २१ लाख ६५ हजार भन्दा बढी छ । सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म २ करोड ६० लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या पनि ४ लाख ३५ हजारभन्दा बढी छ ।

संक्रमितको संख्याका आधारमा विश्वमा अमेरिका पछि दोस्रो स्थानमा भारत रहेको छ । भारतमा हालसम्म १ करोडभन्दा बढी संक्रमित छन् । कोरोनाका कारण मृत्यु हुनेको संख्याका आधारमा भने ब्राजिल दोस्रो स्थानमा रहेको छ । ब्राजिलमा हालसम्म २ लाख १८ हजारभन्दा बढीको मृत्यु भएको छ । भारतमा हालसम्म १ लाख ५३ हजारभन्दा बढीको मृत्यु भएको छ । मृतकको संख्याका आधारमा भारत विश्वमै तेस्रो बढी प्रभावित मुलुक हो । यसै गरी बेलायतमा पनि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।

बेलायत कोरोनाका कारण युरोपेली मुलुकमा १ लाखभन्दा बढी मृत्यु हुने पहिलो मुलुक हो । युरोप र अमेरिकी मुलुकमा संक्रमण बढ्दो छ । एसियाली मुलुकहरुमा भने संक्रमण घट्दो क्रममा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.