गृह पृष्ठ/फोटो फिचर/मनै लोभ्याउने १० तस्वीर मनै लोभ्याउने १० तस्वीर नेपाल टेलिभिजन १७ माघ, ०९:३० बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेल मैदान । बागलुङ नगरपालिकाले खेलमैदानलाई रङ्गशाला बनाउने योजना बनाएको छ । मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको (पश्चिम ढोका) प्रमुख प्रवेशद्घार शुक्रबार साँझ देखिएको दृश्य । बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोटमा आएका पर्यटक । पछिल्लो समय पञ्चकोटमा दैनिक करिब एक हजार पर्यटक आउने गरेका छन् । इलाम नगरपालिका–३ को पुवामझुवामा अवस्थित ‘दिदीबहिनी’ झरना । सडक निर्माणपछि ‘दिदीबहिनी’ झरना पुग्न पर्यटकलाई सहज भएको छ । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालकोबीचमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिर दर्शनका लागि डुङ्गा चढेर जाँदै आन्तरिक पर्यटक । कोरोना कहरको लामो समयपछि यति बेला पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । रुकुम–पश्चिम सानीभेरी गाउँपालिकाको चायनाबगर र जाजरकोट भेरी नगरपालिका–१ रिम्नामा अवस्थित भेरी नदीको किनारमा अवस्थित वस्ती । जाजरकोटको छेडागाड नगरपालिकाको प्रशासकीय केन्द्र मनघाट । मनघाट आसपासको क्षेत्रमा किसानले लगाएको गहुँबाली । पर्यटकीय नगरी पोखराको आकाशबाट देखिएको ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित पर्यटकीयस्थल चन्द्रागिरि हिल्सबाट देखिएको काठमाडौँ उपत्यका ।
प्रतिक्रिया राख्नुहोस्