तस्बिरमा नेपाल टेलिभिजनको ३६ औं वार्षिकोत्सव (फोटो फिचर)

काठमाडौं– नेपालकै पहिलो टेलिभिजन नेपाल टेलिभिजन आजदेखि ३६ वर्ष पूरा गरी ३७ औं वर्षमा प्रवेश गरेको छ । ३७ औं वर्ष प्रवेशको अवसर पारेर नेपाल टेलिभिजनले विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गर्नुभयो भने सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट, महाप्रबन्धक गोविन्द रोका, नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोपाल दाहाल, नेपाल टेलिभिजन वर्कर्स युनियनका अध्यक्ष विशेश्वर पौडेल नेपाल, पत्रकार महासंघ नेपाल टेलिभजन पत्रकार महासंघका कार्यवाहक अध्यक्ष टेकबहादुर खड्काले सम्बोधन गर्नुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजनमा ३० वर्ष र २० वर्ष सेवा गर्ने कर्मचारीलाई सम्मान, सर्वोत्कृष्ट र उत्कृष्ट जिल्ला संवाददातालाई पुरस्कार तथा विद्यालय तहमा उत्कृष्ट स्थान हासिल गर्ने कर्मचारीका सन्तानलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.