चितवनको आपटारीमा पहिलो तौलपुल स्टेशन

चितवन- चितवनको भरतपुर आँपटारीमा मालबाहक सवारी साधनलाई व्यवस्थित गर्न मुलुकमै पहिलो पटक तौलपुल स्टेशन सञ्चालनमा आएको छ ।

अत्याधिक मालबाहक सवारीका कारण सडक जिर्ण बन्ने क्रम बढेको र दुर्घटना समेत रोक्न देशकै केन्द्र भाग नारायणगढ मुग्लिन सडक खण्डको भरतपुरको १ आंपटारीमा पहिलो तौल पुल स्टेशन सञ्चालनमा आएको हो ।

कानुनतः मालबाहक सवारी साधनले प्रति एक्सल १० दशमलव २ टनभन्दा बढी वजन लिएर चलाउन नपाउने व्यवस्था छ ।

भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रालयको यातायात विभागले एक करोड २१ लाख, ७३ हजार रुपैयाँ लागतमा तौलपुल स्टेशन निर्माण गरेको हो । १८ मिटर लामो तौलपुल ८० टन क्षमताको रहेको छ ।

यस तौलपुल स्टेशन संचालनका लागि यातायात व्यवस्था विभागले गत मंसिर १७ गते प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयसँग समझादारी गरेको थियो ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले तौलपुल निर्माण भएसँगै क्षमता भन्दा बढी वजन बोक्ने सवारी साधनहरुलाई अब तत्कालै जरिवानासहितको कारवाही गरिने जानकारी दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.