हेमजामा आलु उत्पादन बढ्यो
कास्की-कास्कीको हेमजावासी आजकल आलु खन्न व्यस्त छन् । विहान सवेरै उठ्नु, झट्टपट्ट खाना खानु र खेतवारीमा आलु खन्न जानु उनीहरुको दैनिकी जस्तै बनेको छ।
विगतको तुलनामा यस वर्ष आलु उत्पादनमा बृद्धि भएको स्थानीय होमनाथ तिमिल्सिनाले बताउनुभयो ।
उत्पादन बढेका कारण विगत वर्षमा आलु बेची बढीमा रु.दुई लाखसम्म कमाउँदै आउनु भएका तिमिल्सिनाले यस वर्ष रु. तीन लाख बढी कमाइ हुने जनाउनुभयो ।
आलु गाउँले परिचित हेमजाका करिव एक हजार घर परिवार किसानले व्यवसायिक रुपमा यो खेती गर्दै आएका छन् । त्यहाँ उत्पादित आलु पोखराको मुख्य बजार क्षेत्र लगायत छिमेकी जिल्लामा पनि विक्रि वितरण हुने गरेको छ ।
अहिले किसानले प्रतिकिलो ४० रुपैँयामा बारीबाटै आलु बेचविखन गरिरहेका छन्।
हेमजामा वार्षिक सरदर रु. ३ करोड बराबरको आलु उत्पादन हुने गर्दछ। त्यस्तै आलुसँगै साग, केराऊ, काउली, मकै लगायतलाई अन्तरवाली खेतीका रुपमा पनि लगाउने गरिएको छ ।
किसानले एमएस ४२, जनकदेव, खुमलरातो, कुफ्रीज्योति र अन्य स्थानीय जातका आलु लगाउने गर्दछन्। करिव ४ सय हेक्टरमा यो खेती हुँदै आएको हेमजामा वार्षिक आलु महोत्सवसमेत आयोजना गरिन्छ ।।






प्रतिक्रिया राख्नुहोस्