नेपाली काँग्रेसका भ्रातृ संगठनहरुद्वारा आज देशभर विरोध कार्यक्रमको आयोजना

काठमाडौं-  प्रतिनिधि सभा विघटन असंवैधानिक  भएको भन्दै नेपाली काँग्रेसका भ्रातृ संगठनहरुले देशभर विरोध कार्यक्रम आयोजना गरेका छन ।

नेपाली काँग्रेसका १३ वटै भ्रातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै आज एकसाथ विरोध प्रदर्शन गर्ने नेपाली काग्रेसले जनाएको छ।

संसद विघटन सर्वसत्तावाद उन्मुख कदम भएको, भ्रष्टाचार बढेको, कोभिड विरुद्धको संघर्षमा सरकारको अकर्मण्यता देखिएको र जनसरोकारका बिषयमा सरकारी उदासिनता भएको भन्दै नेपाल विद्यार्थी, संघ, नेपाल महिला संघ, नेपाल तरुण दल लगायतका संगठनहरुले विरोध सभा र कार्यक्रमहरुको आयोजना गरेको जनाएका छन ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.