‘सभामुखले पठाएको पत्रले संवैधानिक परिषदको निर्णयमा असर पर्दैन’
विराटनगर– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले विगतको निर्णय अनुसार नै पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय भएको स्पष्ट पार्नुभएको छ ।
सोमबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री ढकालले चाँदीको जलपमा धुँजाहरु हुन लागेको र पशुपतिनाथको सुरक्षा र समृद्ध गर्ने उद्देश्यले पशुपति क्षेत्र विकास कोषको निर्णय अनुसार नै सुनको जलहरी लगाउन लागिएको बताउनुभयो । उहाँले पशुपतिनाथमा सुनको जलहरी लगाउन सरकारले ३० करोड रुपैयाँ उपलब्ध गराउन लागेको जानकारी दिनुभयो ।
संवैधानिक परिषद बारे सोधिएको एक प्रश्नको जवाफमा मन्त्री ढकालले सभामुखले पठाएको पत्रले संवैधानिक परिषदको निर्णयमा कुनै असर नपर्ने जानकारी दिनुभयो । उहाँले सभामुखले निजी लेटर प्याडमा पत्र पठाउनु गलत भएको टिप्पणी गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त विशेष समिति अन्तर्गतको विषयमा आफ्नो कार्यक्षेत्र र अधिकार विपरीत पत्र पठाइएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्