म्यानमारमा लोकतान्त्रिक एवं संवैधानिक प्रकृया शीघ्र पुनःस्थापना हुनेमा नेपाल सरकार विश्वस्त

काठमाडौं- सरकारले म्यानमारमा विकसित पछिल्ला घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै सम्वद्ध सबै पक्षले त्यहाँका जनताको चाहनालाई सम्मान गर्ने विश्वास व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले हिजो साँझ विज्ञप्ति जारी गरी म्यानमारमा लोकतान्त्रिक एवं संवैधानिक प्रकृया शीघ्र पुनःस्थापना हुनेमा नेपाल सरकार विश्वस्त रहेको जनाएको छ ।

राष्ट्रपति विन मिन्ट र राज्य सल्लाहकार आङसान सुचीसहित पक्राउ परेका नेताहरुको सुरक्षा एवं सकुशलताप्रति नेपाल सरकार उत्तिकै चिन्तित रहेको उल्लेख गर्दै विज्ञप्तिमा उहाँहरुको तत्काल रिहाइका निम्ति आह्वान गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.