प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा आज पनि सरकारी वकिलको बहस जारी

काठमाडौं- प्रतिनिधिसभा विघटन विरुद्धका रिटमा आजपनि सरकारी वकिलहरुको बहस जारी रहने भएको छ ।

यसअघि हिजो महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहसमा सहभागी हुँदै संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई विघटन सिफारिसको अधिकार रहेको जिकिर गर्नुभयो ।

खरेलको बहस आजपनि जारी रहने जनाइएको छ । त्यसपछि अन्य सरकारी वकिल र प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहितका कानुन व्यवसायीले बहस गर्ने कार्य तालिका छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.