कोरोनापछिको अध्ययन-अध्यापन विधिका बारेमा धादिङमा प्रशिक्षण
धादिङ- कोरोना महामारीका कारण लामा समयसम्म बन्द भएका धादिङ जिल्लाभरका सबै विद्यालयहरुमा पठन पाठन सुरु भएको छ ।
संक्रमणको समयमा घर भित्र नै बसिरहेका बालवालिकाहरु विद्यालय आउन थालेपछि उनीहरुमा रोगप्रति परेको नकारात्मक कुरा कसरी हटाई सहजै पठन पाठन सुरु गर्ने भन्ने विषयमा शिक्षक शिक्षिकाहरुलाई प्रशिक्षण पनि सुरु गरेको छ ।
लामो समयपछि विद्यालयहरु खुलेका कारण बालवालिकाहरुको मोभावना बुझी उनीहरुलाई पठन पाठन गराउने उदेश्यले यस्तो प्रशिक्षण दिइन थालेको हो ।
धादिङ जिल्लामा शिक्षा क्षेत्रमा कार्यरत ‘प्रयास नेपाल’ नामक एक गैर सरकारी संस्थाको सहयोगमा गजुरी गाउँपालिका भित्रका विद्यालयहरुबाट सो कार्य सुरु गरेको छ ।
शिक्षक, शिक्षिकाहरुले बालवालिकाहरुलाई कसरी अध्ययन अध्यापन गराउने भन्ने विधि र प्रकृयासमेत सिकाइएको छ ।
पहिलो चरणमा गजुरी गाउँपालिका भित्रको पैँतालिस विद्यालयका खासगरी बाल शिक्षहरुलाई तालिम दिइएको हो । उनीहरुलाई बालवालिकाहरुको बाल मनोभावना बुझी कुन विधि अपनाई शिक्षण गर्नुपर्छ भन्ने विषयमा समेत सिकाइएको छ ।
विद्यालयमा बालमैत्री कक्षा कोठा निर्माणमाासमेत बाल शिक्षिकाहरुको निकै ठूलो भूमिका हुने भन्दै सिकाइमा प्रयोग हुने विभिन्न शैक्षिक सामग्रीहरु बनाउन लगाइएको थियो ।
कोरोना महामारीपछि विद्यालयहरु खुलेका कारण किन बालमैत्री वातावरण सिर्जना गर्न जरुरी छ भन्ने विषयमा समेत उनीहरुलाई सिकाइ बाल मनोभावना अनुसार कक्षालाई व्यवस्थापन गर्ने विषमासमेत सिकाइएको थियो ।
खासगरी गजुरी गाउँपालिकाको चेपाङ्ग समुदायका बालवालिकाहरु अध्ययनका लागि आउने विद्यालयहरुमा यो निकै प्रभावकारी हुने आशा स्थानीय जनप्रतिनिधिहरुको छ ।।
प्रतिक्रिया राख्नुहोस्