चीनमा नक्कली कोरोना खोप बनाउने ८० जना पक्राउ
चीनमा नक्कली कोरोना खोपसहित ८० जनालाई पक्राउ गरिएको छ । खोप सम्बन्धी अपराध नियन्त्रण अभियान चलाउँदा ३ हजार मात्रा नक्कली खोपसहित ८० जनालाई पक्राउ गरिएको चिनिया विदेश मन्त्रालयका प्रवक्ताले जनाएका हुन् ।
अभियुक्तहरुले ४ महिनाभन्दा पहिलेदेखि सूइको सिसीमा सलाइन पानी भरेर खोप भन्दै बिक्री गरिरहेको फेला परेको हो ।
विदेश पठाउन उनीहरुले नक्कली खोप तयार गरिरहेको चिनिया अधिकारीहरुले जनाएका छन् । बेइजिङ, साङ्घाइ र स्यान्दोङका विभिन्न ठाउँमा नक्कली खोप बनाइरहेको फेला परेको हो ।-
प्रतिक्रिया राख्नुहोस्