बन्द हड्तालका कार्यक्रम गर्दैनौं : दाहाल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले बन्द हड्तालका कार्यक्रम नगर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाटमा सरकारले कानून, नियम र संवैधानिक व्यवस्थाविरुद्ध राजनीतिक र संवैधानिक नियुक्तिहरु गरेकाले बाध्यताले बन्दको कार्यक्रम गरिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पार्टीले गर्ने कार्यक्रमहरु जनभावनाअनुसार नै तय गरिने पनि उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले संविधानविरुद्ध प्रतिनिधि सभा विघटन गरेर प्रतिगमन निम्त्याएकाले पार्टी निरन्तर संघर्षमा रहेको दाहालको भनाइ छ ।

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले संघर्षका कार्यक्रममा जनसमर्थन प्राप्त भएको दाबी गर्दै आन्दोलनबाटै सरकारका गल्ती सच्याइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.