राष्ट्रपति र प्रधानमन्त्रीलाई अपदस्थ गर्न खोजेपछि प्रतिनिधि सभा भंगः थापा

काठमाडौं– गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले राष्ट्रपति र प्रधानमन्त्रीलाई अपदस्थ गर्न खोजेपछि प्रतिनिधि सभा भंग भएको बताउनुभएको छ ।

नेकपा बागमती प्रदेश कमिटीले काठमाडौंमा शुक्रबार आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षलाई षड्यन्त्रपूर्वक हटाउन खोजेपछि अस्थिरता सुरु भएको बताउनुभयो । ‘त्यसलाई रोक्न चुनाव घोषणा गरिएको हो,’ उहाँले भन्नुभयो ।

थापाले मांसहारी आन्दोलन गरेर नेतृत्वलाई अपदस्त गर्ने घोषणा गर्नेहरुलाई संविधान र कानूनले अपराध घोषित गरेको उल्लेख गर्नुभयो । ‘उनीहरुलाई जाउलाखेलको चिडियाखानामा लगेर थुनिनेछ,’ थापाले भन्नुभयो ।

मुलुक निर्वाचनमा होमिएको बताउँदै उहाँले निर्वाचन नै आन्दोलनको एउटा रुप भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.