चितवनका चेपाङ विद्यार्थीहरुलाई सहयोग

चितवन- पूर्वी चितवनकाे खैरहनी नगरपालिका वडा नम्बर ९ स्थित अन्तयाेदय जनजाति आवासीय स्कुलमा आश्रित चेपाङ विधार्थीहरूलाई शैक्षिक तथा खाघ सामाग्री सहयाेग गरिएको छ ।

समाजिक संस्था राेटरी क्लब अफ कीर्तिपुरले आज एक समाराेहका विच एक महिनालाई पुग्ने खाद्यान्न, पाेशाक तथा शैक्षिक सामाग्री सहयाेग गरेकाे क्लबका सचिव पुष्पराज अधिकारीले जानकारी दिनुभयो ।

राेटरी क्लब चितवनका अध्यक्ष राेशन पिया, राेटरी क्लब अफ रत्ननगरका अध्यक्ष शिवराज उप्रेती, समाजसेवी ज्ञानेन्द्रमान शाक्य, विद्यालयका संयाेजक घनश्याम प्रधानसहित क्लबकी अध्यक्ष राज्यलक्ष्मी वैदारले संयुक्त रूपमा ती सामाग्री प्रदान गरेका हुन ।

क्लबले चेपाङ विधार्थीहरूलाई दाल चामल, नुन, लत्ताकपडा र स्टेशनरीसहित करिब २ लाख बराबरकाे सामाग्री दिएको हो।

यो विद्यालयमा १ सय ५० जना विधार्थीहरू अध्ययनरत छन् । कार्यक्रम राेटरी क्लब अफ चितवन र रत्ननगरले संयाेजन गरेकाे हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.