मनाङमा हिमपातका कारण अबरुद्द सडक खुलाउन सुरक्षाकर्मी

मनाङ- आज बिहानदेखि परेकाे हिमापातले मनाङका गाउँ वस्ती र सडक सेताम्यै भएका छन् ।

हिमपातका कारण अवरुद्ध भएका सडक र बाटाघाटाे स्थानीय , जिल्ला प्रशासन, र सशस्त्र प्रहरीको सहयोगमा खुलाउने काम भएकाे छ।

लामाे समयसम्म हिमपात नहुँदा चिन्तित किसानहरु खुशी भएका छन् भने झण्डै दुई महिनादेखि लागेकाे नासाे गाउँपालिकाकाे जङ्गल काे डढेलाेसमेत हिमपातले पूर्ण रुपमा नियन्त्रणमा आएकाे जिल्ला प्रशासनले जनाएकाे छ ।

विहान केहीबेर हिमपात राेकिए पनि अहिले निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.