पत्रकारका लागि एक साताभित्र राहत प्याकेज घोषणा हुन्छ- सञ्चारमन्त्री गुरुङ

काठमाडौं- संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आगामी एक हप्ताभित्र कोभिड-१९ लगायत विविध समस्यामा परेका पत्रकारका लागि राहत प्याकेज घोषणा गर्ने बताउनु भएको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौंमा आयोजना गरेको ‘आमसंचार तथा श्रमजीवि पत्रकार’ विषयक छलफल कार्यक्रममा संचारमन्त्री गुरुङले सो कुरा बताउनु भएको हो ।

अग्रपङ्तिमा खटिएर काम गर्ने पत्रकारका लागि कोभिड-१९ विरुद्धको खोप दोश्रो चरणको कार्यक्रममा समावेश गरिने पनि मन्त्री गुरुङले बताउनु भयो ।

कार्यक्रममा मन्त्री गुरुङले पत्रकारहरुको प्रेस कार्ड नविकरण पाँच/पाँच वर्षमा गर्नका लागि कार्यविधी बनाएर काम थाल्ने र श्रमजीवि पत्रकार ऐन तत्काल लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै पत्रकारिता क्षेत्रलाई थप व्यवसायिक र मर्यादित बनाउन पत्रकारका लागि पनि प्रशिक्षण प्रतिस्ठानको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

पत्रकारका लागि पनि सेना, प्रहरी र निजामति कर्मचारीलाई जस्तै प्रशिक्षण दिन आवश्यक रहेको मन्त्री गुरुङको भनाइ थियो ।

संचार तथा सूचना प्रविधि मन्त्रालयले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा पत्रकारिता क्षेत्रका के कस्ता विषयवस्तु र कार्यक्रम समेट्नुपर्छ भन्ने विषयमा छलफल गरेको हो ।

कार्यक्रममा पत्रकार महासंघका भूतपूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारी र संचार क्षेत्रका विभिन्न व्यक्तित्वसँग विस्तृत रुपमा छलफल गरिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.