नेपालमा कोरोना संक्रमितको संख्या घट्दो, पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ११९ जना कोरोना संक्रमित थपिएका छन । नेपालमा योसहित संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २६० जना निको भएर घर फर्किएका छन । योसँगै २ लाख ६८ हजार ७२ जना पूर्ण निको रुपमा निको भएका छन ।

नेपालमा अब सकृय संक्रमितको संख्या १ हजार ८ सय १५ जना मात्र छन ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ३८ जना पुगेको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.