विद्युत पोलको अवरोधले सडक निर्माणमा कठिनाइ

लम्जुङ- पश्चिम लमजुङको क्होलासोँथार गाउँपालिका अन्तगर्त डढुवा–साल्मे सडक निर्माणको क्रममा विद्युत पोलले अवरोध भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सडक’ अन्तर्गत डढुवा–साल्मे सडक स्तरोन्नतीका क्रममा विद्युत पोलले अवरोध पुर्‍याएको हो ।

एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत डढुवा–साल्मे सडक विस्तारका क्रममा विद्युत पोल सार्न सरोकारवाला निकायले वास्ता नगर्दा सडक निर्माणमा अवरोध भएको हो ।

सडकको विचमा रहेका विद्युत पोलहरु सारीदिन नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रलाई पटक पटक अनुरोध गर्दा पनि काम नभएको सडक स्तरोन्नतीको जिम्मा लिएको निर्माण कम्पनीले जनाएको छ ।

विद्युत पोल स्थानान्तरणका लागि आवश्यक बजेट नभएको र निर्माण कम्पनीकै तर्फबाट स्थानान्तरण गर्न आग्रह गर्दा पनि अनुमती नदिएको निर्माण पक्षले जनाएको छ ।

प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत करापुटार–डढुवादेखि मालिङ सम्मको सडक निर्माणको काम भएपनि डढुवा–साल्मे सडक निर्माण कार्य शुरु भएको हो । सडक विस्तार तथा स्तरोन्नतीका क्रममा दर्जन बढी विद्युत पोल स्थानान्तरण गर्नुपर्ने देखिएको छ ।

विद्युत पोल स्थानान्तरको क्रममा नयाँ पोल तथा तार प्रयोग गर्नुपर्ने वा सोही तार पोललाई प्रयोग गर्ने भन्ने विषय टुंगो नलाग्दा समस्या भएको हो ।

करापुटारदेखि मालिङसम्म तिन खण्डमा विभाजन गरी सडक स्तरोन्नती कार्य अघि बढाईएको हो ।

डढुवा–साल्मे अन्तर्गत आठ किलोमिटर सातसय १० मिटर सडक स्तरोन्नतीका लागि मुल्य अभिबृद्धि करसहित १७ करोड १५ लाख ४१ हजार चारसय ४२ रुपैया ५० पैसाको लागतमा ठेक्का सम्झौता भई डढुवा–साल्मे सडक स्तरोन्नती कार्य शुरु भएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.