हड्तालले शैक्षिक क्षेत्र फेरि प्रभावित

रोल्पा- कोरोना महामारीका कारण लामो समयसम्म ठप्प रहेको शैक्षिक क्षेत्र फेरि विभिन्न राजनीतिक दलको आम हड्तालले प्रभावित भएको छ ।

यही माघ २२ गते नेकपा प्रचण्ड-नेपाल समूहले गरेको बन्दका कारण देशभरका शैक्षिक संस्था एक दिन पूर्णरुपमा बन्द भएको १ हप्ता नपुग्दै नेकपा विप्लव समूहले गरेको शैक्षिक हड्तालका कारण आज पनि रोल्पाका सबै शैक्षिक संस्थाहरु प्रभावित भएका छन् ।

राजनीतिकदलले आफ्नो स्वार्थ पूरा नहुँदा गर्ने बन्द र हड्तालले बालबालिकाहरुको पढाइ प्रभावित भएको रुन्टिगढी गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक झक्कु ओलीले गुनासो गर्नुभयो ।

‘लामो समयसम्म थला परेको शैक्षिक क्षेत्रमा फेरि विभिन्न बहानामा प्रभावित पार्ने काम भएको छ’ -प्रधानाध्यापकओलीले भन्नुभयो ।

बन्द र हड्तालका कारण रोल्पामा मात्रै झण्डै ५० हजार विद्यार्थीहरुको पढाइ प्रभावित भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.