केयू स्कुल अफ एजुकेशनका १ सय ३५ जना दिक्षित

ललितपुर- ललितपुरको हात्तीबनस्थित काठमाण्डौ विश्वविद्यालय स्कुल अफ एजुकेशन अन्तर्गत बिभिन्न बिषयमा अध्ययनरत १ सय ३५ जना दिक्षित भएका छन् ।

विश्वविद्यालयबाट २०७७ पुस ७ गतेसम्म पी.एच.डी. एमफिल, स्नातकोत्तर उतिर्ण भई योग्य ठहरिएका बिद्यार्थीहरुलाई काठमाण्डौं विश्वविद्यालयका रजिष्ट्रार सुवोध शर्मा र काठमाण्डौ विश्वविद्यालय स्कूल अफ एजुकेशनका डिन प्राध्यापक डाक्टर महेशनाथ पराजुलीले संयुक्त रुपमा प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

केयू स्कुल अफ एजुकेशनका फ्याकल्टी एवं दिक्षित विद्यार्थीहरु

दिक्षान्त समारोहमा पी. एच डीमा ८, एम. फिलमा ३०, मास्टर्स अफ एजुकेशन ४१, दिगो बिकासमा स्नातकोत्तर १८, प्राविधिक र व्यवसायिक शिक्षा तथा तालिममा ५ जना, चाइनिज भाषा शिक्षणमा १९ र प्राविधिक शिक्षामा स्नातककोत्तर गर्ने जम्मा १ सय ३५ जनालाई प्रमाणपत्र प्रदान गरिएका थिए ।

काठमाण्डौं विश्वविद्यालय स्कूल अफ एजुकेशनका डिन प्राध्यापक डाक्टर पराजुलीको अध्यक्षतामा सम्पन्न समारोहमा आफुले पाएको जिम्मेवारीको अनुशासित र मर्यादित भई देश र जनताका लागि समर्पित हुन शिक्षाविदहरुले दिक्षित विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.