प्रधानमन्त्री ओली निर्वाचन आयोगमा

मन्त्रीपरिषद्ले २ चरणमा निर्वाचन हुने जिल्लाहरुको टुंगो लगायो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अहिले निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा हुनुहुन्छ ।

प्रतिनिधिसभाको आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनको तयारी तथा व्यवस्थापनका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री ओली आयोगमा जानुभएको हो ।

प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्तसहितका आयुक्तहरुसँग संयुक्त रुपमा छलफल गर्नुभएको छ।

प्रधामन्त्रीसँगै उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेकपाका नेता सुवास नेवाङ्गलगायतका नेताहरु छलफलमा सहभागी हुनुहुन्छ ।

आयोगले निर्धारित मितिमा निर्वाचन गराउन मतदाता नामावली अद्यावधिक लगायतका कामहरु शुरु गरिसकेको छ ।

यसअघि मन्त्री परिषदको बैठकले निर्वाचन २ चरणमा गर्ने र दुबै चरणमा निर्वाचन हुने जिल्लाहरुको बारेमा टुंगो लगाएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.