आगलागीबाट एक जना बृद्धाको मृत्यु

रामेछाप- रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसे चौरपातलको एक घरमा मंगलबार विहान आगलागी हुँदा एक जना बृद्धाको जलेर मृत्यु भएको छ ।

स्थानीय किपा शेर्पाको ढुंगा माटोले बनेको घरमा आगलागी हुँदा उहाँको ८० बर्षीया आमा पासाङ्ग लेगी शेर्पाको मृत्यु भएको प्रहरी चौकी ठोसेले जानकारी दिएको छ ।

आज विहान २ बजेतिर आफ्नै घरको भान्सा कोठाबाट शुरु भएको आगोले पुरै घर जलेर नष्ट भएको छ ।

आगलागीबाट ४ लाख १० हजारको अन्न तथा नगद ३ लाख सहित गरी ७ लाख १० हजार बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।

घटना भएको थाहा पाउने वित्तिक्कै जिल्ला प्रहरी कार्यालय मन्थली र प्रहरी चौकि ठोसेवाट उद्धारका लागि प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

पिडित परिवारलाई गाउँ पालिकाको कार्यालयले राहत रकम स्वरुप ५० हजार रुपैयाँ दिने गोकुलगंगा गाउँ पालिकाका अध्यक्ष खड्ग सुनुवारले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.