हुम्लाका महिला बेमौसमी तरकारीमा आकर्षित

हुम्ला- हुम्लाका महिलाहरु तरकारीबाट मन्ग्य आम्दानी गर्न थालेका छन । सिमकोट गाउँपालिका–४ का महिलाहरु तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन ।

आफ्नै जमिनमा उत्पादन भएजतिका तरकारी सबै बिक्रि हुने अनुसार आम्दानी पनि भएकोले यहाँका महिलाहरु खेतीतर्फ आर्कषित भएका हुन् ।

बजार नजिक भएका कारण पनि यहाँका महिलाहरु मौसम अनुसार तरकारी खेती गरी आम्दानी गर्दै आइरहेका छन ।
तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका महिलाहरु यसतर्फ आकर्षित भएका हुन ।

बजार नजिकै भएकोले खेतबारीमा मौसम अनुसार तरकारी खेती गरी आम्दानी गदै आइरहेको सिमकोट गाउँपालिका–४ का किसाना कुन्जोग लामाले बताउनुभयो ।

तरकारी खेती छोरा छोरीहरु बिएसी एजी पढाउने गरेको लामाले बताउनुभयो । तरकारी खेतीबाट वार्षिक ६ लाख सम्म आम्दानी गर्दै आएको लामाको भनाइ छ ।

यहाँका महिलाहरु बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएको अर्की किसान छपाल लामाले बताउनुभयो । गुर्ड नेर्वस इन्टरनेशनल संस्थाले ग्रिन हाउसका पाल र सामान उपलब्ध गराएपछि आफुहरुलाई हौसला प्रदान भएको लामाले बताउनुभयो ।

सिमकोट गाँउपालिका- ४ बुराउसे गाउँका अधिकाश महिलाहरु बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.