बैशाख १७ गते ४० जिल्लामा र बैशाख २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं-  सरकारले प्रतिनिधि सभाको निर्वाचन आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले बैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने र वैशाख २७ गते दोस्रो चरणमा कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको सञ्चार प्रविधि तथा सुचना मन्त्री पार्वत गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्म‍ेलनमा जानकारी दिनुभयो .

यसका साथै मन्त्रिपरिषदले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.