३ हजार ३०९ जनाको परीक्षण गर्दा १६० जना कोरोना सङ्क्रमित थपिए

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १६० जना सङ्क्रमित थपिएका छन् । यही अबधीमा १६५ जना कोरोना संक्रमित  निको भएर घर फर्केका छन् ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ३०९ वटा पीसीआर परीक्षण गरिएको थियाे । योसहित हालसम्म २१ लाख एक हजार ५९ जनाको आरटीपीसीआर परीक्षण भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७२ हजार २१५ पुगेको जनाएको छ ।

जसमध्ये दुई लाख ६८ हजार ४३१ जना सङ्क्रमित निको भएका छन् । नेपालमा ९८.६१ प्रतिशत सङ्क्रमित निको भएर घर फर्केका छन्  ।

हाल एक हजार ७३७ जना सङ्क्रमित आइसोलेशनमा छन् । हाल ८७ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो चौबीस घण्टामा २ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म २ हजार ४७ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.