सार्वजनिक पदको दुरुपयोग नगर्ने प्रतिवद्दता जरुरी छ : राष्ट्रपति भण्डारी
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारविरुद्द शुन्य सहनशिलता देखाउन जननिर्वाचित सरकार र राज्यका सबै निकायहरु जिम्मेवार भएर लाग्न आग्रह गर्नुभएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औ स्थापना दिवसका अवसरमा आज काठमाण्डौमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने र गराउनेलाई समयमै पहिचान गरी उचित दण्ड दिनसके भ्रष्टाचार नियन्त्रण हुने बताउनुभयो ।
भ्रष्टाचार र अख्तियारको दुरुपयोग गरेकाहरुको विरुद्द परेका निवेदनहरुलाई निष्पक्ष भएर अनुसन्धान गर्न राष्ट्रपतिले आयोगलाई निर्देशन पनि दिनुभयो ।
सार्वजनिक श्रोतको दुरुपयोग नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्दता सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिले व्यक्त गर्नुपर्ने उहाँको धारणा थियो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक न्यायसहित सुशासनयुक्त समाज निर्माण आजको आवश्यकता रहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भ्रष्ट्रचार नियन्त्रणकालागि राज्यका सबै निकाय क्रियाशील हुनुपर्नेमा जोड दिनु भयो ।।
प्रतिक्रिया राख्नुहोस्