सार्वजनिक सम्पत्ति हडप्नेलाई नछाड्ने अख्तियार प्रमुखको प्रतिबद्धता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक सम्पत्ति हडप्नेलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आयोगको ३० औं वार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौंमा भएको कार्यक्रममा प्रमुख आयुक्त राईले सार्वजनिक सम्पत्ति संरक्षणका लागि जुनसुकै व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘ठूलो सानो भनेर विभेद हुँदैन, अनुसन्धानको दायरामा ल्याइन्छ ।’

राईले मालपोत, राहदानी, यातायात, राजश्वलगायतका सार्वजनिक सेवाका क्षेत्रमा हुने अनियमितता र भ्रष्टाचार रोक्न सुक्ष्म अध्ययन अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । उहाँले केन्द्रसहित आयोगका ८ वटै कार्यालयले द्रुत कार्य गरिरहेको उल्लेख गर्नुभयो ।

अख्तियारले गत वर्ष इतिहासमै सबैभन्दा बढी ४४१ मुद्दा विशेष अदालतमा दायर गरेको जानकारी दिँदै विकास निर्माण, बजेट खर्चलगायतमा हुने भ्रष्टाचारमा अख्तियारको चासो उत्तिकै रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.