काठमाडौंमा नेकपा प्रचण्ड–नेपाल समूहको प्रदर्शन

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले बुधबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा आयोजना गरिएको सभा अघि नेकपा सो पक्षले शक्ति प्रदर्शन गरेको हो । सभाअघि काठमाडौंका विभिन्न पाँच स्थानबाट जुलुस निकालिएको थियो ।

प्रधानमन्त्रीद्वारा भएको प्रतिनिधिसभा विघटनको विरोधमा शक्ति प्रदर्शन गरिएको हो । जुलुसमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । केही कार्यकर्ताले ‘प्रतिगमन मुर्दावाद’ लेखिएको टिसर्ट लगाएका थिए । बाजागाजा र झाँकीसहित पनि जुलुस निकालिएको थियो ।

जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पनि सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.